मध्यरातमा बाथरुममा चिप्लिए प्रचण्ड, निधारमा सामान्य चोट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्।

खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। उनको निधारमा सामान्य चोट लागेको पनि जनाइएको छ ।

मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए ।

प्रचण्ड अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त रहेको उनकी स्वकीय सचिव एवं छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत् जनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *