लेफ्टिनेन्ट कर्णेल श्रेष्ठको कमाण्डमा सेनाका २२ जना म्यानमार उडे

काठमाडौं । नेपाली सेनाको मेडिकल राहतसहितको टोली म्यानमार प्रस्थान गरेको छ ।

हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित सेनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो।

प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन् ।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *