

असई गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) श्यामकुमार गिरी (कुमार गिरी) विरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सञ्चार शाखामा कार्यरत असई गिरीले सेवा प्रवेश गर्दा एसएलसीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरेको हो ।
उनी २०५७ साल फागुन ११ गते प्रहरी जवान पदमा भर्ना भई हाल प्रहरी चौकी ग्यालटारमा इन्चार्जको रुपमा कार्यरत रहेका छन् । उनले जागिर खाएको २४ वर्षपछि नक्कली सर्टिफिकेट पेश गरेको खुलेको हो ।