फरार दुर्गा प्रसाईं भन्छन्, ‘मलाई गोली हानेर मार्ने आदेश छ’

काठमाडौं । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं फेसबुक लाईभमा देखिएका छन् ।

गत १५ चैत देखि प्रहरीको खोजीमा रहेका प्रसाईं फेसबुक लाईभमा देखिएका हुन्। मन्दिरलाई पृष्ठभमी पारेर प्रसाईले आन्दोलनमा भएको हिंसाका लागि माफी मागेका छन् ।

उनले आन्दोलन सफल हुने भए पछि नेकपा एमाले निकट युवा संघ र राज्य संयन्त्र मिलेर आन्दोलन तुहाउन हिंसाको सहारा लिएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गोली हान्ने आदेश दिएको हुनाले आफू सुरक्षित रुपमा काठमाडौंकै एक मन्दिरमा सुरक्षित रुपमा बसेको भिडियोमा जनाएका छन् ।

आफूलाई समेत मार्ने योजना बनाएको भन्दै उनले आन्दोलन नरोकिने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *