लुटपाटमा उत्रिए राजावादी, भाटभटेनी स्टोरबाट लुटियो रक्सी र वियर



काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादी समूह प्रवेश गरी तोडफोड गरेको छ ।

दिउँसो ३:५० बजे प्रदर्शनकारीहरू स्टोरभित्र प्रवेश गरेर त्यहाँ रहेका सामग्री लुटपाट गरेका हुन् ।

‘प्रदर्शनकारीले स्टोरमा प्रवेश गरी रक्सी लगायतका सामान लगेका छन् र तोडफोड गरेका छन्,’ भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

घटनाको जानकारी प्रहरीले समयमै पाएको भए पनि अझै घटनास्थलमा नपुगेको भाटभटेनीका सीओओ पानु पौडेलले बताए। ‘४० मिनेट भइसक्दा पनि प्रहरी आइपुगेको छैन,’ उनले भने ।