राजधानीको तीनकुने–बानेश्वर क्षेत्रमा कर्फ्यु, कहाँ-कहाँ लाग्यो कर्फ्यु ?



काठमाडौं । राजावादी प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीले यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शान्तिनगर पुलदेखि जडिबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। प्रशासनले जारी गरेको आदेशअनुसार आज राति १० बजेसम्म कर्फ्यु जारी रहनेछ ।