

प्रहरीमा रमेको सिलवाल परिवारः दिदी र बुवाको प्रेरणाले डाक्टर सुप्रिती पनि प्रहरीमै !

काठमाडौं । ललितपुरको गोदावरीका सिलवाल परिवारका दुई छोरी नै नेपाल प्रहरीको प्रहरी निरिक्षक (इन्स्पेक्टर)मा कार्यरत छन् ।
स्मृति सिलवाल र डा. सुप्रिति सिलवालले बुवाकै पदछाप पछ्याउँदै नेपाल प्रहरीमा प्रवेश गरेका छन् ।
प्रहरी नायब उपरिक्षक (डिएसपी) बाट अवकाश प्राप्त गरेका बुवा भन्दा एक दर्जा तल इन्स्पेक्टर पुगेका दुवै दिदीबहिनीले राष्ट्र र जनताको सेवामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
७ वर्षअघि प्रहरीमा प्रवेश गरेकी दिदी स्मृति र अवकाश प्राप्त बुवाकै प्रेरणामा डाक्टर पढेकी सुप्रितीलाई पनि प्रहरी संगठनले नै लोभ्यायो ।
जसका कारण उनले पनि प्रहरीमै भर्ना हुने निर्णय गर्दै प्रहरीमा भर्ना भएको जनाएकी छिन् ।