

गस्तीमा खटिएका सेनाका सिपाहीलाई गैंडाले गर्यो आक्रमण

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडाको आक्रमणबाट नेपाली सेनाका एक सिपाही घाइते भएका छन् ।
जिल्लाको माडी नगरपालिका–१ स्थित राष्ट्रिय निकुञ्जभित्र ध्रुव पोस्टनजिकै गैँडाले आक्रमण गरेको हो ।
आक्रमणबाट पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–३१ घर भई नयाँ गोरखगण कसरामा कार्यरत नेपाली सेनाका सिपाही २० वर्षीय अभिमन्यु खाँ चौधरीलाई गस्ती गर्ने क्रममा गैँडाले आक्रमण गरेको थियो ।
बच्चासहितको गैँडाको आक्रमणबाट घाइते भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिए ।
घाइते चौधरीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।