उपरथी जिसीलाई दर्ज्यानी चिन्ह, मध्य पूर्वी पृतनापतिको जिम्मेवारी



काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जिसीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी जिसी मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।

प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।