

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाे जनाइएको छ ।
उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको जनाइएको छ ।