

गिनीमा थालियो इबोलाको महामारी विरुद्धको खोप अभियान

काठमाडौं – अफ्रिकी देश गिनीले इबोला विरुद्धको खोप अभियान थालिएको छ । इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान शुरु गरेको हो ।
गिनीमा इबोेलाका कारण केही व्यक्तिको ज्यान गइसकेको छ । त्यहाँका सरकारी अधिकारीका अनुसार गएको फेब्रुरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान शुरु गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ । संगठनले जोखिममा रहेका नागरिक र अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने पनि जनाएको छ ।
इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको ज्यान गएको थियो । अफ्रिकी देश गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् । एजेन्सी