चर्चित गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा गम्भीर घाइते

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा गम्भीर घाइते भएका छन्।

दुर्घटनामा पर्दा उनको कारमा ठूलो क्षति पुगेको छ।

४५ वर्षका वुड्सलाई कारबाट निकाल्न नै निकै गाह्रो भएको लस एन्जलस काउन्टी सेरिफ डिपार्टमेन्टले बताएको छ।

वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको खुट्टामा धेरै चोटहरु लागेको छ। जसका कारण हाल उनको सर्जरी भइरहेको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *