

ताेलामा ३०० घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार ९० हजार १०० रूपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ३०० रूपैयाँले घटेर ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८९ हजार ३५० रूपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज तोलाको १५ रूपैयाँले घटेर १३ सय ४५ कायम भएको छ ।