किन ब्यारेकभित्रैको भर्याङमा झुण्डिए सई खतिवडा ?



झापा । नेपाल प्रहरीका सहायक निरीक्षक ९सई० धनराज खतिवडा कार्यालयको ब्यारेकमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।

भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको ब्यारेकको माथिल्लो तलामा ४९ वर्षीय सई खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

ब्यारेकको छतमा रहेको फलामे भर्याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनी आइतबार बिहान मृत फेला परेका हुन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घर भएका उनी हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्थे ।

इलाका प्रहरी कार्यालय झिलझिले दरबन्दी भएका खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए। उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ ।