

११ः५६ मै जुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालमा २०७२ सालको वैशाख १२ गते पनि सोही समयमा विनाशकारी भूकम्प गएको थियो ।
पछिल्ला समयमा नेपालको सुदूरपश्चिमका विभिन्न क्षेत्रमा भूकम्पका धक्का जाने क्रम जारी रहेको छ । साना तिना भूकम्पको धक्का गइरहनुले ठूलो भूकम्पको जोखिम केही हदसम्म भए पनि रोकिने भूकम्पसम्बन्धी अध्ययन गर्नेहरूले बताउँछन् ।