

रोटरी क्लब अफ तीनकुने काठमाडौंले आयोजना गर्यो ‘चार्टर प्रिजेन्टेसन सेरेमोनी’

काठमाडौं । रोटरी क्लब अफ तीनकुने काठमाडौंले आफ्नो पहिलो स्थापना समारोहको आयोजना गरेको छ ।
२९ जनवरी बुधवारका दिन क्लबले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना समारोहमा क्लबका २७ सदस्यलाई रोटरी पिन प्रदान गर्नुका साथै तथा शपथ खुवाएको हो ।
समारोहमा प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, फस्ट लेडि सरोजनी शेरचन, काउन्सिल अफ गभर्नर, क्लबका ऐसिस्टेन्ट गभर्नर, न्यू क्लब एडभाईजर, स्पोन्सर क्लबका पदाधिकारीहरु, डिस्ट्रिक्ट अफिसियल्स, विभिन्न रोटरी क्लबका क्लब अफिसियल्स, क्लबका चार्टर मेम्बर, उनीहरुको पारिवारिक सदस्यहरु तथा आमन्त्रित अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले क्लबले मानविय सेवाका काम तथा समुदायको आर्थिक सामाजिक रुपान्तरणमा योग्दान पुरयाउने विश्वास व्यक्त गर्दै क्लबलाई आवश्यक पर्ने सहयोग डिस्ट्रिक्टले गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्लबमा विभिन्न क्षेत्रका व्यक्तिहरु सदस्यका रुपमा रहेको र आगामी दिनमा क्लबले आफ्नो सदस्य संख्या विस्तार गर्दै लैजाने क्लबका चार्टर प्रेसिडेन्ट तिलक प्रसाद तिवारीले बताए । तिवारीले रोटरी जीवनको सार्वजनिक छवि निर्माणमा महत्पूर्ण सहयोग गर्ने अग्रज रोटरियनदेखि रोटरी क्लब अफ तीनकुने काठमाडौंको स्थापनामा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि मानविय सेवाका काममा अझ गम्भीरतापूर्वक लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपालको रोटरी परिवारमा रोटरी क्लब अफ तीनकुने काठमाडौंलाई एक गतिशिल रोटरी क्लबका रुपमा स्थापित गराउने संकल्पमा आगामी दिनमा पनि सबैको उत्तिकै सहयोग, साथ र समर्थन रहनेमा विश्वस्त रहको भन्दै सबैप्रति आभार समेत संस्थापक अध्यक्ष तिवारीले गरेका थिए । क्लबलाई रोटरी क्लब अफ जावलाखेलले स्पोन्सर गरेको हो । संस्थापक अध्यक्ष तिवारी यसअघि रोटरी क्लब अफ जावलाखेलमा विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्दै आएका थिए ।
उक्त अवसरमा क्लबका संस्थापक सदस्यहरुका तर्फबाट बरिष्ठ पत्रकार युगनाथ शर्माले रोटरीमा संलग्न हुन पाउँदा गौरवको महसुस भएको जनाउँदै आगामी दिनमा सामाजिक कार्यमा लाग्ने थप प्रेरणा मिलेको समेत जनाए ।
क्लबका संस्थापक सदस्यहरुमा बागमती प्रदेश सभा सदस्य भारती पाठक, सामाजिक अभियन्ता पुण्य प्रसाद ढकाल, सामाजिक उद्यमी सावित्री पौडयाल केसी, लेक्चरर एवं रिसर्चर प्रतिभा पुन, ट्रेनर मन्दिरा राउत थापा, महिला उद्यमी निरा राणा रहेका छन् ।
त्यस्तै सञ्चारकर्मी सुन्दर प्रसाद पाण्डे, उद्यमी दिनेश लामिछाने, युवा उद्यमी सुरेश कुमार प्रधान, युवा उद्यमी सुन्दर भुषाल, सामाजिक व्यक्तित्व कुल प्रसाद तिवारी, बरिष्ठ पत्रकार युगनाथ शर्मा पौड्याल, मेन्टल हेल्थ काउन्सिलर एवं लेखक मधुसुदन घिमिरे, लेक्चरर नवराज पोखरेल र सामाजिक क्षेत्रकी विज्ञ प्रीति जोशी पनि संस्थाका संस्थापक सदस्यहरू रहेका छन् ।
त्यस्तै व्यवसायी तथा उद्यमीहरू विजयकृष्ण महर्जन, राजकुमार खतिवडा, सुजय कुमार सिंह, तेज प्रसाद पौडेल (तुलसी), पदम बहादुर क्षेत्री, खेम नारायण पौडेल, सनम मानन्धरले पनि संस्थाका संस्थापक सदस्यका रूपमा शपथ लिएका थिए ।
त्यस्तै सामाजिक व्यक्तित्वहरू पुरण बहादुर मल्ल, चन्द्र बहादुर थापा, गंगा अधिकारी, नरभूपाल काफ्लेका साथै सञ्चारकर्मी मदन सापकोटा, कानुन व्यवसायी सागरप्रसाद बगालेले पनि संस्थापक सदस्य पदको शपथ लिएका थिए ।