

सेयर बजारमा २१ अंकको गिरावट, ८ अर्ब ५६ करोड बढी काराेबार

काठमाडाैं – मगलबार सेयर बजारमा २१.१६ अंकको गिरावट आएको छ । सेयर बजार समग्रमा ०.८१ प्रतिशतले घटेको हो । बजार २५८६.५१ अंकमा अडिएको छ । आज ८ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएको ट्रेडिङ बाहेक सबै समुहमा गिरावट आएको हो । ४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ । ३ वटा कम्पनीको सेयर ५ प्रतिशत भन्दा माथि बढेको छ ।
नेपाल फाइनान्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ । नेपाल इन्फ्रास्टक्चर बैंकले सबैभन्दा बढी कारोबार गरेर पनि गुमाएको छ । बैंकको सेयरमा पहिलो पटक नकारात्मक सर्किट लागेको हो । एकैदिन यसको सेयर मूल्य ६६ रुपैयाँले घटेको हो ।