

प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुँदै

हुम्ला – हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । प्रतियोगिता हुम्ला फुटबल एकेडेमीको आयोजनामा आगामी चैतमा हुने भएको हो ।
नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए । लिगमा ६ टोली मात्र समावेश हुने छन् ।
दर्ता भएका क्लबबीच नकआउट प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट गरीने छ ।पुराना तथा नयाँ क्लबले आवश्यक प्रक्रिया पूरा गरेर यही फागुन १० देखि २५ गतेसम्म एकेडेमीको कार्यालयमा आफ्नो क्लब दर्ता गराइसक्नुपर्ने छ ।
लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप रु ७५ हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी लिगमा द्वितीय स्थान प्राप्त गर्ने क्लबले पुरुस्कार स्वरुप रु ४० हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।