

काेभिड-१९ बाट मृत्यु भएकाहरुको सम्झना जो बाइडनको मन्तव्य

वासिङ्टन – अमेरिकामा काेभिड -१९ संक्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गरेका हुन् ।
कोरोना महामारीका कारण सर्वाधिक मृत्यु ब्यहोर्ने देश अमेरिका हो । यो संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाले व्यहारेको मानवनीय क्षतिभन्दा पनि बढी हो । अमेरिकाको पश्चिमी तटमा पहिलोपटक कोरोना भाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको संक्रमणका कारण निधन भएको हो ।
कोरोना भाइरस सुरुमा चीनमा देखा परेको थियो । मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ । त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए।
बाइडनले ह्वाइट हाउसमा भने, ‘अहिलेसम्म भाइरसका कारण पाँच लाखभन्दा बढी अमेरिकीहरूको ज्यान गइसकेको छ। यो एक वर्षभित्र महामारीका कारण पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी हो।’
उनले अमेरिकीहरूलाई एक हुन र महामारीलाई परास्त गर्न पनि आह्वान गरे। अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्।
कोरोना भाइरसको सर्वाधिक सङ्क्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ। राष्ट्रपति बाइडनले सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै सङ्घीय संस्थालाई आगामी पाँच दिनका लागि आधा झण्डा झुकाउन भनिएको छ। बीबीसी