

महाराष्ट्रमा आजदेखि पुनः कर्फ्यू

नयाँदिल्ली – कोरोनाको खतरा बढेसँगै भारतस्थित महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि फेरि कर्फ्यू लागू गरिएको छ । बिहान ८ बजेबाट कर्फ्यू लागू गरिएको बीबीसीहिन्दीले जनाएको हाे ।
कर्फ्यूको अवधि आगामी मार्च एकको बिहान ६ बजेसम्म जारी रहनेछ । पछिल्लो समय कोरोना संक्रमित तीव्र गतिमा बढेकाले यहाँ आपतकालीन अवस्था घोषणा गरिएको हो ।
त्यहाँको स्थानीय सरकारका अनुसार कर्फ्यूको अवधिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मानिसहरु आवश्यक कामको लागि मात्र बाहिर निस्कन पाउने छन् । भारत हाल विश्वमै कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको दोस्रो मुलुक हो ।
यहाँ हालसम्म १ करोड १० लाख १६ हजारमा कोरोना पुष्टि भइसकेको छ । संक्रमितमध्ये १ लाख ५६ हजारको यहाँ मृत्यु भइसकेको छ । भारतमा गत जनवरी १६ देखि नै कोरोना खोप कार्यक्रम सुरुवात भइसकेको छ । एजेन्सी