

सेनाको अधिकृत भन्दै ३ लाख ठग्ने कार्की पक्राउ

काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
रामेछापको मन्थली नगरपालिका-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ थिमीमा बस्ने ३० वर्षीय राजु कार्की पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कार्कीले नेपाली सेनाको अधिकृत भएको बताउँदै जग्गा पास गराइदिने भनेर पीडितसँग ३ लाख रुपैयाँ लिएका थिए ।
रकम लिएर फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।