रिहा हुँदै गर्दा रविले भने, ‘यो देशमा न्याय मरेको छैन, न्यायालयलाई धन्यवाद’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन् ।  अदालतले मागेको ६० लाखको धराैटी प्रभु बैंकले बैंक ग्यारेन्टी उपलब्ध गराएकाे थियो । यसअघि कास्की जिल्ला अदालतले मागेको ६५ लाख धराैटी पनि प्रभु बैंकले नै उपलब्ध गराएको थियो ।

उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन् । र, उनले निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन, ‘सबै सबै जनालाई धेरै धेरै धन्यबाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान ब्यक्त गर्न चाहान्छु, न्याय प्रेमी जनतालाई धन्यबाद दिन चाहान्छु, न्यायलयलाइ विशेष धन्यबाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’