

रास्वपा सभापति लामिछाने काठमाडाैं जिल्ला अदालतमा, न्यायाधीश अधिकारीको इजलासमा थुनछेक बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ । न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयानपछि थुनछेक बहस सुरू हुनेछ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि लामिछाने आज विहान अदालतमा उपस्थित भएका हुन् । लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा उपस्थित भएका थिए ।
स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।