

एकाबिहानै बाजुरा केन्द्रबिन्दु भएर ५.२ को भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।
जगन्नाथ गाउँपालिकाको गोत्री भन्ने ठाउँलाई केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महशुस भएको बताइएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।