

सेनामा खुल्याे जागिर, पण्डितदेखि नर्ससम्मले दरखास्त दिन सक्ने (सूचनासहित)

काठमाडाैं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो ।
नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादनलगायत पदमा भर्ना खुलेको छ ।
जारी सूचनामा पुष २७ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर बुझाएर माग ५ गतेसम्म आवेदन दिन सकिनेछ ।