

सेनाका ६ लेफ्टिनेन्ट कर्णेल भए कर्णेल बढुवा, को–को हुने भए कर्णेल ?

काठमाडौं । सरकारले ६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लाई महासेनानी (कर्णेल) मा बढुवा गरेको छ ।
शुक्रबारको मन्त्रीपरिषद् बैठकले जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र निकिल कुँवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
साथै साथै ११ जना कर्णेलहरुको सरुवा गर्ने निर्णय समेत भएको जनाइएको छ ।