

बबाल बालेनः जसले आफ्नै कार्यालयमा गरे निःशुल्क पार्किङको व्यवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न दिने भएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्ग आसपासका क्षेत्रमा पार्किङको समस्या भएको भन्दै साँझ साढे ५ बजेदेखि राती ११ बजेसम्मका लागि निःशुल्क पार्किङ गर्न दिने जनाएको छ ।
राजधानीबासीको मन जित्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको यो पछिल्लो निर्णयबाट साँझको समयमा दरबारमार्ग क्षेत्रमा जानेहरुलाई सहज हुनेछ । दरबारमार्गका सडकमा पार्किङ हटाएको महानगरको यो पछिल्लो कदमले त्यस क्षेत्रमा साँझको समयमा हुने पार्किङ समस्यालाई समाधान गर्दै थप सहजता प्राप्त हुने विश्वास लिइएको छ ।