

राष्ट्रपति पौडेलले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा बधाई दिदै राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि सफलताको शुभकामना दिदै ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।
ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो पटक राष्ट्रपतिमा विजयी भएका हुन् । यसअघि ट्रम्प २०१६ देखि २०२० सम्म अमेरिकाको राष्ट्रपति थिए भने २०२० को चुनावमा पराजित भएका थिए ।