

अपडेटः सेनाका सिपाही खड्का अमेरिकन पेस्तोलसहित पक्राउ

काठमाडाैं । राजधानीको रानीवनबाट पेस्तोलसहित पक्राउ परेका युवक नेपाली सेनाका सिपाही रहेको खुलेको छ ।
शनिबार साढे ९ बजे काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो । खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।