लहान मेयर चौधरीले बोलाए विवाद समाधानका लागि छलफल

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले सिंचाई नहर निर्माणबारे देखिएको विवाद समाधानका लागि थप पहल गरेका छन् ।

मेयर चौधरीले खुट्टी खोला सिंचाईं संघर्ष समितिका संयोजक धर्मराज चौधरीलाई नगरपालिका कार्यालयस्थित आफ्नो कार्यकक्षमा आवश्यक छलफलका लागी पत्र लेख्दै दुवै पक्ष मिलेर विवाद समाधान गर्ने कार्य अगाडि बढाएका हुन् ।

मेयर चौधरीले उक्त परियोजना निर्माणका क्रममा डे«नेज र करिडोर निर्माणकार्य तत्कालका लागि रोक्का राख्न निर्माण कम्पनीलाई पत्राचार गरिसकिएकोले छलफलबाट विवाद समाधन गर्नुपर्नेमा जोड दिएका छन् ।

मेयरले यस परियोजनामा देखिएका समस्यालाई सुरु देखि नै छलफलका माध्यमबाट समाधान गर्नुपर्ने जनाउँदै आएका थिए । उनले लहान बजारको सौन्दर्य बिगार्ने र जनताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि काम गर्न नहुने जनाउँदै आम जनताले उठाएको आवाजमा आफ्नो पनि साथ रहेको बताउँदै त्यसलाई सम्बोधन गर्दै समस्या समाधान गर्नका लागि छलफलको माध्यम नै सबैभन्दा उपयुक्त भएको जनाउँदै संघर्ष समितिलाई छलफलका लागि बोलाएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *