

नारायणगढ-मुग्लिङ्ग खण्डस्थित ९ किलोमा सडक भासियो

चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ ।
सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ ।
भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।