एक्सनमा प्रहरीः गृहमन्त्रीको निर्देशनलगत्तै पूर्व डिआईजी जोशी पक्राउ, अब पालो कस्को ?



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रतिवेदनसहित हेडक्वार्टरलाई निर्देशन दिएलगत्तै प्रहरी एक्सनमा उत्रिएको छ ।

मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको विषय गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

समितिले रास्वपा सभापति रवि लामिछानेसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र छबिलाल जोशीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

गृहमन्त्रीले निर्देशन दिनासाथ प्रहरीले गोरखा मिडियाका सञ्चालक एवं पूर्व डिआईजी छविलाल जोशीलाई नक्सालबाट पक्राउ गरिसकेको छ ।

यससँगै प्रतिवेदनले दोषी ठहर्याएका अन्यलाई पनि पक्राउ गर्ने तयारी प्रहरीले गरेको स्रोतको दाबी छ । सहकारी ठगी प्रकरणमा रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् भने राई लामो समयदेखि फरार रहेका छन् ।