

दुर्गा प्रसाई प्रहरी नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।
गएको बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।
प्रसाईंविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् ।