

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, १२ जना घाइते

चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डमा बस दुर्घटना भएको छ ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२-००१ नम्बरको यात्रुवाहक बस भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा अनियन्त्रित भएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
उक्त बस आफै अनियन्त्रित भई दुर्घटना भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार आज बिहान सवा ७ बजे दुर्घटना हुँदा सडकको दाहिनेतर्फ रहेको डिभाइडरमा ठोकिएर घाइते भएका १२ जनालाई थप उपचारको लागि भरतपुर लगिएको छ ।
अहिले सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।