म्यानमारमा चर्कियो प्रदर्शन, सवारी साधन अवरूद्ध



काठमाडौं – म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य ‘कु’ पछिका प्रदर्शनले ब्यापकता पाउन थालेका छन् । सेनाले सत्ता हातमा लिएर संकटकाल लगाएपछि सर्वसाधारणकाे प्रदर्शनले ब्यापकता पाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केही दिन यता प्रदर्शनहरू चर्किएका छन् । विभिन्न सहरहरूमा हजारौँको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको छ । याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ।

म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाउँदा एक जना घाइते भएको विवरणहरू आएका छन् । प्रदर्शनकारीहरूले नेत्री आङ सान सू चीसहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन् । एजेन्सी