

पेट्रोलमा एकैपटक घट्यो प्रतिलिटर ५ रूपैयाँ, अब कतिमा पाइन्छ ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।
निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।
नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।