

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।
बुधबार राति उपचारका क्रममा रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । पर्वत घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।