

ईपीएस दोस्रो चरणको परिक्षाको नतिजा निस्क्यो

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो ।
२०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् ।
परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन भरेका थिए । पास भएकाहरुको सूची एचआरडी कोरियाले आज वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको हो ।
पास भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे जानकारी पछि दिइने ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ ।
यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरेको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । भने ६ हजार ३२१ जना मात्रै पास भएका थिए । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ । जसमा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् ।