आजको राशिः कर्कटको दिन रमाइलो हुँदा अन्यको दिन कस्तो ?

काठमाडौं । आज २०८१ साल साउन २२ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट ६ तारिख। साउन शुल्क पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : शुभ ग्रहको प्रभावले नयाँनयाँ कुरामा मन जानेछ। नयाँ कुरा किन्न मन लाग्ने हुन्छ। सुन्दरताको घमण्ड हुनेछ। धन आर्जन गर्न समस्या नभए पनि इज्जत जोगाउन समस्या हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्णा काम बन्नेछन्। शब्दको मिठासताको प्रशंसा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या हुने खतरा छ। आफ्नो ख्याल गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : खर्च बढ्ने दिन छ। ठुलो योजना र उद्योगमा हात नलगाउनु राम्रो हुनेछ। आफैं अगाडि बढ्नु भन्दा कसैमार्फत् काम गराएमा काम बन्नेछ। धार्मिक क्षेत्रका अगुवाको सेवा गर्ने अवसर मिल्नेछ। परिवारसँगको समय शान्तसँग बित्नेछ।

कर्कट : दिन रमाइलो छ। भाग्यको उदय हुनेछ। अनायस इच्छा र चाहना पूरा हुनेछन्। सकारात्मक सोच लिएर अगाडि बढेमा एकपछि अर्को सफलता मिल्नेछ। परिवारमा खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने जोखिम रहेको छ।

सिंह : समस्याको समाधान गर्न सक्ने गरी ग्रह अनुकूल रहेका छन्। काम नबनेसम्म हल्ला नगर्नु राम्रो हुनेछ। एकपछि अर्को अवसरको सदुपयोग गर्नुपर्ने देखिन्छ। कला र गलाको प्रदर्शन गर्नुपर्ने दिन छ। परिवारमा महत्त्वपूर्ण कामको सुरुवात हुनेछ।

कन्या : महत्तवपूर्ण कामको सूची बन्ने दिन छ। बाहिरी रमझममा खर्च बढ्ने जोखिम देखिन्छ। स्वास्थ्यमा लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँग सुखका साथ दिन बित्नेछ।

तुला : प्रतिभा प्रदर्शन गर्ने समय छ। समाजसेवाको क्षेत्रमा सक्रिय हुँदा परिवारमा विवाद बढ्नेछ। तपाईंको इमान्दारिताबाट फाइदा लिनेबाट सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। नियमित औषधी नखाएमा दुर्घटना हुने खतरा छ। स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। श्रम गरेको ठाउँमा प्रशंसा हुनेछ। परिवारसँग शान्त ढंगले दिन बित्नेछ।

धनु : शिक्षाको क्षेत्रमा सम्मान मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मन शान्त हुनेछ। राजनीतिमा तपाईंको प्रशंसा हुनेछ। परिवारले संकटमा साथ दिने दिन छ।

मकर : सञ्चित धन खर्च हुने जोखिम छ। तपाईंविरुद्ध विपक्षी समूह बहुमतमा देखिन्छ। राज्यको भय रहेकाले सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। राजनीतिमा तपाईंलाई अरुले प्रयोग गर्ने जोखिम रहेको छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : ग्रह गोचरको राम्रो संयोग छ। तपाईंले साचचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट नाफाा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलो बन्नेछ।

मीन : साढेसाती शनि दशा चल्दैछ। जसले गर्दा झुटो आरोप लाग्ने जोखिम रहनसक्छ। मन अशान्त बन्नेछ। काममा ढिलासुस्ती हुनेछ। सहयोगी विपरीत कित्तामा छन्। परिवारको साथ मिल्नेछ। बिहान शिवको भजन सुन्नाले दिन सहज बन्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *