आजको राशिः वृश्चिकको आम्दानी बढ्दा अन्यको दिन कस्तो ?

काठमाडौं । आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर २२ तारिख। पञ्चमी श्राद्ध। आश्मिन कृष्ण पक्षको पञ्चमी तिथि। तुलामा दृश्य सूर्य। विश्व शान्ति दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको घरमा गुरुको आगमन हुनेछ। फरक रुपमा गुरुआइपुग्ने भएकाले पहिचान गर्न सकेमा भाग्यको उदय हुनेछ। लगानीका स्रोत धेरै छन्। परिवारको साथ र सहयोगमा दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। समाजले महत्त्वपूर्ण जिम्मेवारी दिनेछ। खानपानमा ख्याल गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बालबालिकाको हितमा लगानी गरेमा सफलता मिल्नेछ।

मिथुन : आज धातुमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका अंगमा सेवा गर्नुहुन्छ भने बढुवा हुने योग छ। खानपानमा ख्याल नगर्दा रोगले दुःख दिने भएकाले सचेत बन्नुपर्नेछ। परिवारको प्रेममा भने धोका हुने जोखिम छ।

कर्कट : पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ। शत्रु बढ्नेछन्। राजनीतिमा ठुलो महत्त्वकांक्षा नराख्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारबाट सही सुझाव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : अघिल्लो दिन नै बनेका कार्ययोजना अनुसार काम हुनेछ। तपाईको कार्यकुशलताको प्रशंसा हुनेछ। लगानीमा क्षेत्रमध्ये राज्यबाट मिलेको काममा सफलता मिल्नेछ। माथिल्लो निकायको सहयोग मिल्नेछ। पारिवारिक प्रेममा खटपटी बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कन्या : आफ्नै राशिमा मित्र ग्रहहरु घुम्दैछन्। जुनसुकै क्षेत्रमा लगानी गरे पनि राम्रो आम्दानी हुनेछ।सुधारिएको कृषिक्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने देखिन्छ। परिवारसँगको सम्बन्ध थप कसिलो बन्नेछ।

तुला : शत्रु बढ्नेछन्। आफूले आफ्नो उचाई नबुझ्दा राज्यका तर्फबाट भय हुने योग छ। राजनीतिक आडमा तपाईंका काम बन्नेछन्। पारिवारिक प्रेममा भने बौद्धिक टकराव हुने योग छ। थोरै बोल्नु उपयुक्त हुने दिन छ।

वृश्चिक : आम्दानी बढ्नेछ। दैनिकी सहज चल्नेछ। साना कुराले मनमा बेचैनी बढ्नेछ। बिहान सूर्यलाई अर्घ दिएर अघि बढे शान्ति मिल्नेछ। परिवारमा झगडा हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ। ।

धनु : शेयर कारोबारमा फाइदा हुने योग छ। आम्दानी बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। साथीभाइले सहयोग गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। परिवारमा तपाईंप्रति माया बढ्नेछ।

मकर : बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाबाट नयाँ अवसरको पत्तो लाग्नेछ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नु राम्रो हुनेछ। राजनीतिक संगठनका साथीबाटै आलोचना हुने दिन छ। परिवारसँगको सम्बन्ध र वातावरण शान्त रहनेछ।

कुम्भ : पुराना मित्रहरुसँगको भेटघाटले मन खुसी हुनेछ। आफ्नो कामको बारेमा थाहा हुनेछ। पिपलमा पानी हाल्नाले दिन सहज हुनेछ। पारिवारिक सम्बन्ध कसिलो हुने दिन छ।

मीन : आज ग्रहण योग परेकाले आज तपाईंले पाउने सेवा सुविधा अरुलाई पर्नसक्छ। कार्यकुशलतामा प्रश्नको सामना गर्नुपर्नेछ। बिहानै गणेश भगवानको सम्झना गरे फाइदा हुने दिन छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *