आजको राशिः धनुको राम्रो कामको सुरूवात हुँदा अन्यको दिन कस्तो ?

काठमाडौं । आज २०८१ साल भदौ १ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १७ तारिख। साउन शुल्क पक्षको द्वादशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ। तपाईंले सुरु गरेको काम सफल बन्ने योग छ। सानो काम गर्दा पनि ठुलो हौसला मिल्ने दिन छ। समाजसेवामा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : पढाइमा प्रगति हुनेछ। तपाईंको बोलीको प्रभाव दीर्घकालीन बन्नेछ। श्रम गरेको क्षेत्रमा प्रशंसा हुनेछ। लगानीको क्षेत्रमध्ये घरजग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

मिथुन : दिन राम्रो छ। नियमित काम सहज बन्नेछन्। मिठो खानेकुरा पाउने योग छ। खर्च बढ्ने भएकाले निर्णय गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। हतारमा निर्णय गर्दा पश्चाताप हुनेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

कर्कट : राम्रो आम्दानी हुनेछ। आम्दानी अनुसारकै खर्च हुने योग छ। तपाईंको प्रगति देखेर शत्रु बढ्ने छन्। परिवारको सहयोगमा सुरु गरेको काम सफल बन्नेछ। साथीले सहयोग गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : बोल्दा सचेत नभएमा तपाईंकै कारण साथीभाइ टाढिन सक्छन्। नयाँ क्षेत्रमा गरेको लगानीबाट परिवारलाई फाइदा हुनेछ। एकल लगानी भन्दा संयुक्त लगानी गर्नुपर्ने समय छ। वैदेशिक रोजगारीमा फाइदा हुने योग छ।

कन्या : नराम्रो खबरले मन दुःखी हुनसक्छ। संकटको दिन भए पनि लगानीका अवसर सिर्जना हुनेछन्। व्यापारमा फाइदा हुने योग छ। शिक्षामा नाम, दाम मिल्नेछ। परिवारको रचनात्मक सहयोगले ठुलो उपलब्धि हात लाग्नेछ।

तुला : दैनिकी सहजै बित्नेछ। धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेको भए मन शान्त बन्नेछ। बौद्धिक र सामाजिक क्षेत्रमा विवाद हुने जोखिम रहेकाले कम बोल्नु फाइदा होला। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : घर बाहिरबाट तपाईंको कामको प्रशंसा हुनेछ। परिवारबाट सहयोग प्राप्त नहुने खतरा देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। घुमफिरको योग रहेकाले यात्रा गर्दा दिन रमाइलोसँग बित्नेछ।

धनु : राम्रो कामको सुरुवात हुने दिन छ। तपाईंको इमान्दारिता बढ्नेछ। समाजसेवाका अवसर प्राप्त हुनेछन्। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ।

मकर : महत्त्वपूर्ण काम बन्ने दिन छ। श्रमको प्रशंसा होला। शिक्षा र प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमा गरिने सेवाबाट लाभ मिल्नेछ। सामाजिक र पारिवारिक क्षेत्रमा विवाद बढ्ने जोखिम छ।

कुम्भ : दिन सामान्य छ। शनिको दृष्टि तपाईंकै राशिमा भएकाले संकट पर्नसक्छ। मन उदास बन्ने खतरा देखिन्छ। परिवारको साथले मन शान्त होला। व्यवसायको क्षेत्रमा भने राम्रो लाभ हुनेछ।

मीन : दिन रमाइलो छ। यात्रा सहज बन्ने योग छ। तपाईंमाथि एकपछि अर्को जिम्मेवारी थपिनेछन्। राजनीतिक, सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त होला। संकटमा आफन्त र साथीभाइको सहयोग मिल्ने योग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *