

लहानको जेएस मुरारका क्याम्पस रोडको ढलान सम्पन्न

सिराहा । जिल्लाको लहान नगरपालिका–१० स्थित इलाका प्रशासन कार्यालय छेउदेखि जे.एस.मुरारका बहुमुखी क्याम्पस जाने सडकको ढलान सम्पन्न भएको छ ।
वर्षा याम सुरु हुनु अगाडि नै निर्माण सम्पन्न गरी सर्वसाधारणलाई सहज यात्राका लागि नगरपालिकाले जोड दिएपछि वर्षा अगाडि नै ढलान गरिएको हो ।
उक्त सडक खण्डमा ढलानको काम सकिएपछि शुक्रबार मेयर महेश चौधरी, वडा अध्यक्ष मन्टीकुमार मण्डल, वडा–१२ अध्यक्ष बद्री नारायण चौधरी र नेपाली कांग्रेस लहान नगर कार्यसमिति सभापति संजय यादवले र प्राविधिकसहित निरिक्षण गरेका छन् ।
विद्युत् प्राधिकरणले अटेर गरी समयमै पोल नसारेको जनाउँदै वडाध्यक्ष मन्टीकुमार मण्डलले यथाशीघ्र उक्त पोल सारिने प्रतिबद्धता समेत व्यक्त गरे ।