

प्रधानमन्त्रीलाई गालीगलौज गर्दै नारा लगाएकाे अभियाेगमा पक्राउ

प्युठान –प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको अभियोगाम दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएम छन् ।
सोमबार प्युठानमा भएको सरकारविरुद्ध प्रदर्शनमा दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।