

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणः पक्राउ परेका थापा पनि प्रहरी नै !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका एक पुरुष पनि प्रहरी जवान नै रहेको खुलेको छ ।
आत्महत्या बारे अनुसन्धान गर्ने क्रममा पक्राउ परेका बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगर पनि प्रहरी जवान नै रहेको खुलेको हो ।
हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेलस्थित शौचालयमा झुन्डिएको अवस्थामा ३१ जेठमा मृत भेटिएकी थिइन् ।
करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
…र यो पनि
प्रहरी जवान करिश्मा मृत्यु प्रकरणः एक जना पक्राउ, आत्महत्या दुरुत्साहन चलाइँदै
किन रोजिन् प्रहरी जवान करिश्माले कार्यालयकै शौचालयमा मृत्यु ?
कार्यालयमै झुन्डिएको अवस्थामा फेला परिन् प्रहरी जवान करिश्मा