

किन रोजिन् प्रहरी जवान करिश्माले कार्यालयकै शौचालयमा मृत्यु ?

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी जवान करिश्मा सुनारको मृत्यु कारण अझै खुलेको छैन ।
कार्यालयको शौचालयमा बिहीबार दिउँसो झुण्डिएको अस्थामा मृत भेटिएकी करिश्माका परिवारको प्रतिक्षामा रहेको सिराहा प्रहरीले उनको परिवार आएसँगै थप प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
उनको मृत्युको कारणबारे आफन्तको उपस्थितिपछि पोष्टमार्टमका साथै अनुसन्धानपछि यकिन हुने पनि जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको महिला सेलमा दरबन्दी भएकी करिश्मा बाँके खजुराकी स्थायी बासिन्दा हुन् ।