

कार्यालयमै झुन्डिएको अवस्थामा फेला परिन् प्रहरी जवान करिश्मा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवान मृत भेटिएकी छन् ।
महिला सेलमा कार्यरत जवान करिश्मा सुनार कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
सलको पासो लगाएर शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी सुनारको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एक अधिकृतले जानकारी दिए ।
उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।