असई रामसिंह : जसले लिए पुलमा अड्किएका १३ खच्चडको उद्धारको कमाण्ड !

अछाम । कर्णालीको पुलको लट्ठा चुटिएपछि पुल पार गर्दै गरेका मध्ये १३ वटा खच्चड पुलकै बिचमा अड्कियो । स्थानीय स्रोत साधन अभावले खच्चरको उद्धार सम्भव भएन ।

तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाए । आज उनले गरेको कार्यको सबैले प्रशंसा गरेको छ ।

लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने अवस्था रहे पनि स्रोत साधनको अभावका कारण असई रामसिंहको कमाण्डमा रहेको सुरक्षाकर्मीको टोलीले पुलको बिचमा अड्किएका १३ वटा खच्चरलाई पुलको तार काटेर नदीमा खसालेर उद्धार गरेका थिए । खच्चड उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीका साथै स्थानीय युवाहरु खटिएका थिए । कर्णाली नदीसँग अभ्यस्त स्थानीय युवाहरु नै सुरक्षाकर्मीको प्रमुख सहयोगीको रुपमा काम गरेका थिए ।

गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भयो । अछामको पञ्च देवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका ४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेको थियो ।

असई फरालकै अगुवाइमा करिब पाँच घण्टापछि खच्चरको उद्धार भयो तर खच्चडलाई पुलबाट खोलामा फालिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको जिवितै उद्धार भएको थियो भने दुई वटा खच्चड मरेका थिए । -गोरखापत्रबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *