

गायिका मधु क्षेत्रीको रोदन, ‘गर्भवती अवस्थामै श्रीमानले कुटे’ (भिडियोसहित)

काठमाडौं । लामोसमयपछि घरबार जोडेकी गायिका मधु क्षेत्रीको दोस्रो घरबारमा पनि दरार देखिएको छ ।
अस्ट्रेलिया बस्दै आएका सुरेश क्षेत्रीसँग करिब २ वर्ष अघि १७ वर्षीया छोरीसहित वैवाहिक बन्धनमा बाँधिएकी गायिका मधु क्षेत्री यतिबेला सामाजिक सञ्जालमार्फत् आफूले पछिल्लो समय भोगेका वास्तविकता पोखिरहेकी छिन् ।
छोरीसहित अस्ट्रेलिया गएकी मधुलाई श्रीमान् सुरेशले कुटपिट र हेला गरेको मधुले टिकटकलाइभमार्फत् जनाएकी छिन् ।
दोस्रो विवाह गरेपछि सांगीतिक यात्रामा पूर्णविराम लगाएको घोषणा गरेकी मधुले पछिल्लो समय श्रीमान्ले कुटपिट गरेको र आफू गर्भवती समेत भएको कुरा जनाउँदै फेसबुकमार्फत् श्रीमान्लाई गाली गलौच समेत गरेकी छिन् ।
यसबारे विस्तृत जानकारी भने आइसकेको छैन ।
भिडियोः