

सशस्त्र डिएसपी कार्कीलाई गृहको ताकेता, बेवास्ता गरे जागिरबाट हटाइने

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका एक प्रहरी नायब उपरिक्षक (डिएसपी) एक साताभित्र सफाई पेश गर्न सूचित गरेको छ ।
गृहमन्त्रायले सशस्त्र डिएसपी डा. नेत्रबहादुर कार्कीलाई बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको भन्दै सात दिनभित्र सफाई पेश गर्नका लागि सूचित गरेको हो ।
यदि कार्कीले सफाई पेश नगरेमा जागिरबाट हटाउने समेत जनाएको छ ।