आ.व. २०८१/०८२को बजेट आज



काठमाडौं। सोह्रौ पञ्चवर्षीय योजनाको कार्यदिशा र वार्षिक नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैछ । यसका लागि संघीय संसदको संयुक्त बैठक आज १ बजेका लागि बोलाइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान बजेट पेस गर्ने गरी संघीय संसदको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरिएको छ । संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन् ।

प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

यसैगरी सवा ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।